Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रिहापछि सुनिल शर्माले भने–प्रचण्डले गुनको पैंचो हतकडी लगाएर तिर्नुभयो, यो गठबन्धन तोड्न माग गर्छु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २६ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्री सुनतस्करको संरक्षक भएको पुनः दोहो¥याएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि शुक्रबार साँझ सीआईबीले छाडे लगतै उनले सञ्चारकर्मी र सुभेच्छुक माझ आफ्नो पूरानो अडान कायम रहेको बताएका हुन्।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद डा. शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। शैक्षिक प्रमाण पत्र किर्तेको आरेप लगाउँदै बिहीबार काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको थियो।

तर जिल्ला अदालतले थुनामा राख्नु पर्ने अवस्था नदेखिएको ठहर गर्दा प्रहरी भोलिपल्टै रिहा गर्न बाध्य भएको हो। रिहाईपछि उनले अहिलेको सत्ता समीकरण नै परिवर्तन गर्नु पर्ने धारणा राखेका छन्। यो गठबन्धनले नेपाली कांग्रेसका नेतालाई एकएक गरी सिध्याउन थालेको बताएका छन् । उनले अब गठबन्धनमा पुर्नरविचार गर्न माग गरेका छन् ।

रिहापछि सुनिल शर्माको संबोधन यस्तो रहेको छ :-

भगवानरुपी न्यायाधीशहरुलाई धन्यवाद दिन चाहन्छु। विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले वर्षौंसम्म जेलमा बसेर जे चिजका लागि लड्नु भएको थियो प्रजातन्त्रको एउटा आत्मा भनेको न्यायालय पनि हो। आज मैले न्याय पाएको छु।

न्यायालयले मलाई न्याय दिएको छ। धेरै मान्छेहरुले अझै न्याय पाउन बाँकी छ। अरु मान्छेले पनि न्याय पाउनुपर्छ। मिनबहादुर गुरुङ जस्तामान्छे कस्टडीमा छन्। उनीहरुले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ।

बालकृष्ण खाँणले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ, किनभने उहाँ भगौडा होइन।

सुन तस्करहरुका संरक्षकहरु अहिलेका गृहमन्त्री र अहिलेका अर्थमन्त्रीको राजीनामाको मागसहित मैले जुन अनशनको घोषणा गरेको थिएँ, त्यो अनशनलाई बिगार्नका निम्ति र त्यसलाई तोडमोड गर्नका निम्ति मलाई पक्राउ गरिएको थियो। यो ३० वर्ष पुरानो फायल खोलेर तेस्रो पटक मलाई पक्राउ गरिएको हो।

यसबीचमा मेरो पक्षमा उभिएका हाम्रो पार्टीका र विपक्षी दलका नेतालाई धन्यवाद दिन चाहन्छु। उहाँहरुले संसदमा पक्ष र विपक्ष छैन भन्ने कुरा आज प्रमाणित भएको छ।

विपक्षी साथीहरुले मेरो रिहाइको पक्षमा मेरो एजेन्डाको पक्षमा आवाज बुलन्द गरिदिनु भयो म सबै पार्टीका सांसद, पार्टीका नेताहरुलाई धन्यवाद दिन चाहन्छु।

यस्तै म हिरासतमा भएको बेला मलाई धेरै सहयोग गर्नुहुने आदरणीय नेताहरु डा.शेखर कोइराला, गगनकुमार थापा जी र अर्जुननरसिंह केसी दाइ लगायत मेरो पिताजीको जस्तै भूमिका निर्वाह गरिदिनु भएको राष्ट्र नायकका रुपमा उहाँले आफूलाई उभ्याउनु भएको छ नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली, उहाँका केही गुणहरु राम्रा छन् मैले पहिले पनि भनेको थिए उहाँ र उहाँको पाटीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि।

उहाँले हामी जो देश बचाउने अभियानमा फरक पार्टीमा रहेर पनि लागिरहेका छौं यसरी नै बचाउँदै जानुपर्छ राष्ट्र नायकहरुले। उहाँले प्रदान गर्नुभएको हौसला धेरैपछि मैले भिडियोमा देखेँ मेरो मन रोयो।

पक्राउ परेदेखि नै आफ्नो पक्षमा लागिरहेका दुर्गा प्रसाईंजी अहोरात्र हिजोदेखि आजसम्म लाग्नु भो मेरो पक्षमा बोलिदिनु भो उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो अडान सुन तस्करहरुका संरक्षककाविरुद्ध कायम छ। मेरो गिरफ्तारी प्रधानमन्त्रीको निर्देशनमा भएको हो।

पुष्पकमल दाहाललाई म के भन्न चाहन्छु भने त्यतिसाह्रो बैगुनी हुनुहुँदैन। आफूसहितका केही नेता नभएको भए आज उहाँ जंगलमा हुनुहुन्थ्यो। पहिलो वार्ता गराउने मान्छे हामी हो। उहाँले हामीले लगाएको गुनको पैंचो उहाँले आज हतकडी लगाएर दिनु भएको छ। यो पावरको उन्माद हो।

मेरो माग के छ भने हाम्रो पार्टीसँग गृहमन्त्रीले यसरी नै हाम्रा मान्छेलाई एक वाई एक गरेर स्टनबाजी गरेर धुलो चटाउँदै जाने हाम्रो पार्टी यीनीहरुसँग गठबन्धन गरेर बसिरहने हो भने हाम्रो पार्टी सकिनेवाला छ। त्यसकारणले नेकपा माओवादीसँगको हाम्रो एलाइन्समा हामीले तत्काल पुर्नरविचार गर्नुपर्छ।

अब त यस्ता आतंककारी गृहमन्त्रीले एक सेकेण्ड यो सत्तामा बसिरहन मिल्दैन प्रचण्डले तुरुन्त उहाँलाई हटाउनुपर्छ। उहाँ यो गृहमन्त्री टिकाउनतिर लाग्नु भयो भने उहाँको सरकार ढल्छ। मेरा कुनै पनि प्रमाणपत्र नक्कली छैनन् म अदालतमा त्यो प्रमाणित गरेर देखाउने छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४