Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधे,उनले सार्वजनिक रुपमै माफी माग्नुपर्छ : कांग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २६ २०८०
  • 4.5K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ । सामान्य मुद्दामा पक्राउ नै गरेर दुर्व्यवहार गर्नु गैरकानुनी भएको नेपाली कांग्रेस नेताहरुको भनाइ छ ।

पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बोल्दै सांसद श्याम घिमिरेले सामान्य केसमा संसद चलिरहेको सांसद पक्राउ गर्नु गैरकानूनी र गैर संसदीय अभ्यास भएको उनले बताएका छन्  ।

उनले सांसद शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाएनका छन्  ।

उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण के पर्यो ? अरु बाटाहरु पनि थिए। उहाँलाई बयान लिन सकिन्थ्यो होला। थुनामै राख्नुपर्ने कारण के पर्यो ? यो प्रतिशोधको भावले काम गरेको बुझाइ हाम्रो रह्यो। यसको गृहमन्त्रीले संसद र सार्वजनिक रुपमा जवाफ दिनुपर्यो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीको सांसद पक्राउ गर्नु अनुचित भएको भन्दै सांसदले धारणा राखेको बताएका हुन्  ।

उनले भने, ‘आज आपत्तिजनक र गम्भिर ढंगले साथीहरुले यो बिषयलाई उठाउनुभएको छ। यसलाई गम्भिरतापूर्वक लिएका छौँ । थप छलफल हुन्छौँ । र पर्सि निर्णय गर्छौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४