Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको ‘ब्लु बस’को रङ अनुमति नलिइ परिवर्तन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २१ २०८०
  • 5.3K
    SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसलाई निलो रंगको बनाइएको छ । यो बसले अहिले ‘ब्लु बस’को नाममा चर्चा पाइरहेको छ ।

तर, बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जमार्फत सूचना लिएर कार्यालयले बसको रंग परिवर्तनको अनुमति अहिलेसम्म लिएको नपाइएको कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।

सरकारले सवारीसाधनको रंग परिवर्तन गर्दा अनुमति लिएर प्राविधिकहरुलाई देखाउनुपर्ने व्यवस्था गरेको छ । सवारीको ब्लु बुकको अन्तिममा रहेको सवारी चालकले ध्यान दिनुपर्ने कुराहरुको बुँदा नं. ५ मा समेत अनुमति नलिई रंग परिवर्तन गर्न नहुने उल्लेख छ । ब्लु बुकमा नै गाडीको रंग कस्तो हो भनेर उल्लेख हुने कार्यालयका सूचना अधिकारी पौडेलले बताए ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ (४) को हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्वन्धी व्यवस्थाको उपदफा १० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति प्राप्त वर्कसपबाट मात्र गर्ने गरी स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । सोही नियमावलीमा सवारीमा कुनै हेरफेर गर्न तोकिएको ढाँचाको फर्म भरेर निवेदन दिएपछि प्राविधिकहरूले आवश्यक जाँच गरेर मात्रै अनुमति दिने भनिएको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी पौडेलका अनुसार अहिलेसम्म रंग परिवर्तनका लागि अनुमति नलिएको हुँदा अब नियमानुसार जरिवाना तिरेर अनुमति लिने र जाँचपास गराउनुपर्ने बताए ।

मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी भाडामा लिइएको ‘ब्लु बस’ भिमबहादुर तामाङको नाममा छ । ३२ सिटे बस दिनहुँ शक्तिखोरदेखि भरतपुरका विभिन्न ठाउँमा घुम्ने र महिलाहरूलाई निःशुल्क यातायात यात्रा गराउने गर्दछ । बसमा यात्रुले रास्वपा सभापति रवि लामिछानेको फोटोसहितको कार्ड लिएपछि मात्रै यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

पुरानो मेडिकल कलेजले दिएको एम्बुलेन्समा मोबाइल क्लिनिक

बसको जस्तै रंग परिवर्तन गरिएको मोबाइल क्लिनिक भ्यान, लामिछानेलाई भरतपुरको पुरानो मेडिकल कलेजले दिएको हो । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित ना २ च ५६१९ नम्बरको मोबाइल भ्यान अस्पतालको एम्बुलेन्स हो । सो एम्बुलेन्स भारतीय दूतावासले २०७१ सालमा दिएको थियो ।

विगत ५ वर्षदेखि नवीकरणसमेत नगरेको एम्बुलेन्स साउन १४ गते यातायात कार्यालय भरतपुरमा जरिवाना तिरेर पुनः दर्ताको प्रकृयामा गएको छ । एम्बुलेन्सको पुनः दर्ता तथा जरिवाना वापत ३४ हजार २५० रुपैयाँ तिरेको सूचना अधिकारी पौडेलले जानकारी दिए । कलेजले यातायात व्यवस्था कार्यालयलाई गाडीको रंग परिवर्तनको अनुमतिका लागि पत्राचार गरेको छ ।

मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको स्रोतको भनाइ छ । कलेजबाट नै जनशक्ति पठाएर अहिले टोल–टोलमा उपचार गर्न भनिएको कलेजका एक चिकित्सकले जानकारी दिए । सो मेडिकल कलेजका आवासीय निर्देशक डा.मनोहर प्रधान केही दिन अगाडि रास्वपामा प्रवेश गरेर सो पार्टीको बागमती प्रदेशको स्वास्थ्य संयोजक बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४