Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै सूचना विभागमा धर्ना


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १९ २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ ।

शुक्रवार नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरूले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् । महासङ्घको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले विभागमा आएका उजुरीहरूलाई कार्यविधिले तोकेअनुसार फर्छ्यौट गर्दै आएको बताए । उनले प्रेस रजिस्टारको भूमिका तोकिए जति निर्वाह गरेको पनि दाबी गरे । उनले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने ‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फर्छ्यौट गर्ने गरेका छौँ । हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ । प्रेस रजिस्टारको भूमिका तोकिए जति निर्वाह गरेका छौँ । श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनु पर्छ ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए । उनले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताए ।

उनले भने ‘सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति छ, त्यसैले हामीले सडकबाट नै सामूहिक रूपमा दबाब दिएर हाम्रो आवाज सरोकार वाला सम्म पुर्याउन आएका हौँ । पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की जसरी भाष्य स्थापना गरिँदै छ, यो दुःखद छ । नयाँ पुस्तालार्ई आकर्षित गर्न यसरी सम्भव छैन । पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासको कुरा छ, श्रम शोषणको क्षेत्र हो भन्ने भाष्य स्थापना गर्दै गर्दा श्रमको मुद्दा पेचिलो बनाएर लैजाने र श्रममा पत्रकारिताको सम्मान हुने गरी लैजाने प्रयत्न गरिरहेका छौँ । यो कार्यालयले जुन भूमिका निर्वाह गर्दै गर्दा श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका निर्वाह हुन सकिरहेको छैन । स्वतन्त्र र छुट्टै प्रेस रजिस्टारको व्यवस्था हुनुपर्छ । श्रमजीवी पत्रकारले तलब पाउन अदालत जानुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।

प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए । उनीहरूले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिस्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाइ प्रदर्शन गरेका हुन् ।

तस्बिरहरु 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४