Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन प्रकरणमा छानबिन आयोग गठन नगरेसम्म एमालेले संसद बैठक चल्न नदिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १६ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ ।

मंगलबार सभामुख देवराज घिमिरे सहित राजनीतिक दलका नेताहरुबीच संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलमा एमालेले सो अडान कायमै राखेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने एमालेको अडान छ । गत हप्ता बुधबार पनि यी मागहरु राखेर एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो । प्रतिनिधि सभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुलाई आग्रह गरेपनि नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४