Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेंगी फैलिने क्रम तीब्र, देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १० २०८०
  • 2.9K
    SHARES

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगीका विरामी रहेका छन् । त्यस मध्ये पनि धरानमा मात्रै विरामीको संख्या दुई हजार माथि रहेको छ ।

यस्तै, मधेश प्रदेशमा २२ जना, बागमती प्रदेशमा ७ सय ७६ जना, गण्डकी प्रदेशमा ३ सय ४४ जना, लुम्बिनी प्रदेशमा १ सय ६६, कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ डेंगीका बिरामी रहेका छन् ।

डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र ३ हजार ६ सय ७१ बिरामी रहेका छन् । सुनसरी २ हजार ५ सय ४२, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दी ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् ।

निरन्तरको वर्षा, सरसफाइको बेवास्ता र लामखुट्टेबाट जोगिने उपाय नगर्दा डेंगी फैलिन क्रम तीब्र भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भदौ र असोजसम्ममा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको छ ।

गत वर्ष डेंगीले महामारीकै रुप लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४