Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुन पार्टी भन्ने मतलब छैन, दोषीलाई छाड्दैनौं : गृहमन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ८ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने बताएका छन् ।

पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइएको बताए । दोषीलाई छोड्नु हुन्न, निर्दोष नफसुन् भन्ने मान्यता रहेको भन्दै उनले भने, ‘तथ्य प्रमाणका आधारमा जहाँसम्म जानुपर्ने गरी दोषीलाई फेला पार्न अगाडि बढ्नुपर्ने हो, त्यहाँसम्म पुग्छ ।

यहाँ त अचम्म छ, अलिकति राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिए कारबाहीका लागि प्रक्रिया अगाडि बढाइयो भने नेताहरु कराउन थाल्छन्, यो त भएन नि । उद्योग व्यवसायीहरु पर्यो भने हामीले त कर तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं । हामीलाई पनि गर्ने भनेर आवाज उठाउँछन्’ श्रेष्ठले भने ।

कर्मचारीहरु पर्‍यो भने कर्मचारीलाई कहाँ पाइन्छ भन्ने गरेको भन्दै उनले प्रश्न गरे, ‘त्यसो भए (कारबाही) कसलाई गर्ने ? निमुखा, गरिब जनतालाई गर्ने ?’

राजनीतिक नेताहरुलाई एउटा, राजनीतिमा नरहेकाहरुलाई अर्को कानुन हुन नसक्ने उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, ‘कर्मचारीलाई एउटा कानुन, त्यो कर्मचारी कहाँ धाउनेलाई अर्को कानुन हुन सक्दैन । धनीलाई एउटा कानुन, गरिबलाई अर्को कानुन म मान्दिन, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन । काननु सबैका लागि समान हुन्छ ।

तर कसैलाई बढी गर्‍यो त कसैलाई तान्नुपर्नेलाई तानेन भन्ने लागेको उनले बताए । ‘तपाईंको मनले ठानेको वा तथ्य नै पनि होला । तर प्रमाण नभएसम्म राज्यले सरकारले केही गर्न सक्दैन । ब्याक फायर हुने काम गर्दैन ।

तथ्य प्रमाणले भेटेसम्म सबैलाई कानुनको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठले बताए । माओवादी केन्द्रको होस्, कांग्रेसको होस्, एमालेको होस्, एकीकृत समाजवादीको होस्, जनता समाजवादीको होस्’, उनले भने, ‘पार्टीको मलाई कुनै तलब छैन, सरकारलाई कुनै मतलब छैन । सबै समान हुन् कि भ्रष्टाचारी हुन् कि भ्रष्टाचारी होइनन् । कि दोषी हुन् कि दोषी होइनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४