Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वनफूलले ढकमक्क कालिञ्चोक “तस्वीर कथा”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ६ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । कालिञ्चोक काठमाडौं आसपासबाट पुग्न सकिने नजिकको गन्तव्य । जब-जब यहाँ हिउँ फुसफुसाउन थाल्छ, रौसे तन्नेरीहरुको ओइरो लाग्छ । त्यसो त गर्मी छल्नका लागि पनि यो काइदाको ठाउँ हो । कालिन्चोक प्रवेश गरिरहँदा कुनै वाताअनुकुलित कोठामा पुगे झै लाग्छ ।

मलाई लाग्थ्यो, हिमपात हुँदा मात्र कालिञ्चोकको सौन्दर्य खुल्छ । तर, वर्षायाममा पनि यो भूगोल लोभलाग्दो देखिंदो रहेछ । आकाश खुलेको होस् वा कुहिरोले ढम्म ढाकेको नै, कालिन्चोकको धरातलले मन प्रफुल्ल बनाउने रहेछ । अनन्तसम्म हरियो कार्पेट बिच्छ्याए झै यो धरातलमा रंगबिरंगी वनफूलले थप आकर्षक बनाएको छ । जति हेरे पनि हेरिरहुँ लाग्ने ।

वर्षायाममा यहाँका खर्कहरुमा चौरी, याकको लस्करले पनि शोभा बढाउँछ । यतिबेला चौरी र याकको चरण क्षेत्र अनि गोठ राख्ने समय पनि हो ।

चौरीको ताजा दूध, घिउ, सरगेमले लेकको स्वाद फेर्न सकिन्छ । औषधि र अचारको रुपमा प्रयोग गर्न सकिने पदमचाल पनि यही समयमा पाइन्छ । वनस्पतिमा रुचि राख्नेहरुका लागि यो एउटा खुला विद्यालय नै हो ।

धार्मिक आस्था राख्नेहरु हुन् वा प्राकृतिक सौन्दर्यमा रमाउनेहरु, कालिन्चोकले ती सबैलाई हार्दिक आमन्त्रण गरिरहेका छन् । यसरी आउने आगन्तुकलाई कालिञ्चोकको भगवती मन्दिर र कुरी बजारले मिलीजुली भरथेग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४