Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ५ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन ५ गते (आज) सम्म आवेदन दिन आग्रह गरेको थियो ।

पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर पुनर्योगका लागि आवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

गत चैत १७ गतेदेखि सन्चालित एसईई परीक्षाको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो । एसईईको पूरक परीक्षा यही साउन २६ र २७ गते हुँदैछ । परीक्षार्थीहरुले बढीमा दुई विषयमा ग्रेड वृद्धिका लागि पुरक परीक्षा दिन पाउँछन् ।

एसईईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४