Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको मृत्युपछि तनाव


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २८ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक बालकको मुत्यु भएपछि तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षका आक्रोश नेपालीको मृत्यु भएको थियो ।

बालकको बिहीबार बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । डीएसपी गौतमका अनुसार मंगलबार साँझ छारे रोग लागेका बालकलाई राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको थियो ।

थप चेकजाँचका लागि उनलाई बुधबार एमआरआई कक्षमा लगिएको थियो । सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

त्यसपछि सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहानमात्र भेन्टिलेटरमा बालकको मृत्यु भएपछि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।

घटनापछि मृतकका आफन्तले दिउँसो नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका छन् । आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भए पनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरको लापरवाही भएको बताएका छन् ।

प्रतिष्ठानले घटनाबारे केही बताएको छैन । यस विषयमा अहिले दुई पक्षको बैठक बसिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४