Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २८ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा सडक मार्गहरु अवरुद्ध भएका छन् ।

पूर्वमा मेची राजमार्ग र तमोर करिडोर पूर्ण रुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । मेरी राजमार्ग अन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम र गणेशचोक–ताप्लेजुङ्ग–ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ ।

पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको विभागले जनाएको छ । यस्तै, तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध रहेको छ ।

यस सडकखण्डको पाँचथरको माझीटार र हेवा खोलामा सडक र पुल भत्किएका कारण अवरुद्ध भएको हो । विभागले देशका १८ वटा सडक अहिले एकतर्फी सञ्चालन रहेको पनि जनाएको छ । संखुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्ग एकतर्फी भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको दाक्लुङ र हिँडीमा आएको समस्याले काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक एकतर्फी भएको सडक विभागले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको हिउदे खोला, दोभान र गउडे पुलमा भएको क्षतिका कारण सडक एकतर्फी भएको छ ।

यस्तै, पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक एकतर्फी खुला छ भने म्याग्दीको नौनीबगर, गुइथे, काभ्रे र बैसरी सडक पनि एकतर्फी चलेका छन् । यता, लमजुङको खरखरे र मनाङको तिमाङमा पहिरो जाँदा डुम्रे–बेशीसहर–चामे सडक पनि एकतर्फी सञ्चालन रहेको विभागले जनाएको छ ।

उता, कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दहीखोला र राप्ती राजमार्ग अन्तर्गत सल्यानको चोरखोलामा पहिरो खसेका कारण सडक एकतर्फी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४