Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यराति गृहमन्त्रीको बाचा- निर्दोष कोही तर्सनु पर्दैन, दोषीलाई छुट हुनेछैन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २५ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा आग्रह गरेका छन् ।

उनले मध्यरातिको समयमा  बाचा-समेत गरेका छन् अब निर्दोष कोही तर्सनु पर्दैन,तर दोषी कसैलाई छुट हुने वाला छैन चाहे त्यो भीआइपी होस् अथवा भी भीआइपी होस् कानुनको नजरमा दोषी देखिएमा छुट हुने छैन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष व्यक्तिले डराउनुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उनले निर्दोष कोही तर्सनु नपर्ने बताएका हुन् ।

नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला गृहमन्त्री श्रेष्ठले दोषीलाई भने छुट नहुने दोहोर्‍याएका छन् । ‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, उनले भनेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन ।’

दोषी र अपराधीलाई कुनै हालतमा छुट नदिइने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले जनाएका छन् । कानुन धनी र गरिबका लागि बेग्लाबेग्लै नहुने उनको चेतावनी छ । ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौँ,’ उनले अगाडि भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४