Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व न्यायाधीश गिरीकी श्रीमती आरती १५ दिनदेखि आमरण अनसनमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २४ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । बैवाहिक बलात्कारको आरोप लागेका पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी न्याय माग्दै पछिल्लो १५ दिनदेखि माइतिघर मण्डलामा आमरण अनशन बस्दै आइरहेकी छिन् ।

आरतीसँग दोस्रो बिवाह गरेका गिरीले आफूलाई श्रीमती बनाउछु भन्दै पटक -पटक यौन शोषण गरेको श्रीमती आरतीको आरोप छ । यसअघि उनले जिल्ला अदालत काठमाडौंमा पूर्व न्यायाधीश गिरीविरूद्ध बलत्कार मुद्दा दायर गरेकी थिइन् ।

चर्को दबाबपछि लुम्बिनी जिल्ला प्रहरी कार्यालयले पूर्वन्यायाधीश गिरीलाई पक्राउ गरेको थियो। पूर्वन्यायाधीश गिरी पक्राउ परे पनि शक्तिको पहुचमा छुटेको श्रीमती आरतीको आरोप छ । न्यायालयले आफूमाथी अन्याय गरेको भन्दै न्याय पाउन आमरण अनशन बस्न बाध्य भएको उनी बताउछिन् ।

श्रीमती आरतीले बलात्कार आरोपी पूर्व न्यायाधीश गिरीलाइ थुनामा राखी अनुसन्धान गर्न माग गरेकी छन् । उनी पूर्व न्यायाधीश गिरीको सरकारी सेवा सुविधा खारेज गरि पीडितको गाँस,बास ,कपास र औषधि उपचारको उचित ब्यवस्था गर्नुपर्ने लगायत ७ बुँदे माग राख्दै आमरण अनशनमा बस्दै आएकी हुन् ।

बलात्कार जस्तो जघन्य अपराध लागेका आरोपी गिरीलाइ खुलेआम छोड्नु भनेको न्यायालयले गलत नजिर स्थापित गर्न खोजेको आरोप समेत पीडित आरतीले लगाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४