Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मासिक सवा दुई अर्ब नाफा असुल्ने निगमले कहिले घटाउँछ इन्धनको मूल्य ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २२ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । लामो समयदेखि घाटा बेहोरिरहेको नेपाल आयल निगम (एनओसी) नाफामा गएको छ । पछिल्ला केही वर्ष घाटामा रहेको निगम अहिले सुधारको बाटोमा लम्केको हो ।

निगम गत आर्थिक वर्षसम्म ४९ अर्ब रुपैयाँ घाटामा रहेको भए पनि अहिले भने त्यो घाटा कम हुँदै गइरहेको छ । ९ महिनाअघि भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नेपाल आयल निगमले तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गए पनि सोअनुसार नेपालमा मूल्य समायोजन नगरी, उपभोक्तालाई मूल्यमा भार पारेर नाफा कमाउँदै गएको निगमले अन्ततः ९ महिनामै आईओसीको सबै बक्यौता चुक्ता गरेको छ ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ, मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमा समेत निगम प्रतिसिलिण्डर ७ रुपैयाँ नाफामा छ ।

समग्रमा पछिल्लोपटक निर्धारण गरेको इन्धनको मूल्यअनुसार उसलाई १५ दिनमा १ अर्ब ११ करोड रुपैयाँ नाफा छ । यसरी हेर्दा निगमले एक महिनामा करिब सवा २ अर्ब रुपैयाँ नाफा कमाउँछ । यसअघि आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा मूल्य नघटाएको निगमले अब कहिले घटाउँछ मूल्य ? मूल्य घटाउने गृहकार्य भइरहेको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् ।

इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गर्नुपर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताएका छन्  । ‘इन्धनको मूल्य निर्धारणमा स्वचालित प्रणाली वैज्ञानिक हुन्छ,’ ओझाले भने, ‘यसको कार्यान्वयनमा जान हिचकिचाउनुहुँदैन ।’ स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने भएकाले प्रयोगमा ल्याउनु आवश्यक रहेको ओझाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४