Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीको सरकारमा आज थापाले दाबी गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २१ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ ।

प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् ।

गठबन्धनले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेको थियो । तर, राप्रपाले निर्णय नदिएकाले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश गर्ने तयारी गरेका छन् । राप्रपाले तत्काल निर्णय नदिएका कारण सभामुखलाई पनि जोडेर सरकारमा दाबी पेश गर्ने कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।

गठबन्धन दलले आलोपालो मुख्यमन्त्रीका लागि पहिलो पालामा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । राप्रपालाई सहमतिमा ल्याउने जिम्मा उनलाई नै दिइएको थियो ।

                                                     कोशी प्रदेशका सभामुख बाबुराम गौतम

तर ६ सांसद भएको राप्रपाले निर्णय दिएको छैन । राप्रपाले समर्थन नगरे मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत नपाउने अवस्था छ । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले सरकारलाई सहयोग गर्ने कि नगर्ने भन्ने निर्णय भइनसकेको बताए ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत नै छ ।

विश्वासको मत प्रयोजनका लागि बराबरी भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउँछन् । विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ ।

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार विश्वासको मत नपाएपछि यही असार १५ गते ढलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४