Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“सत्ता बाहिरको संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल एमालेमा छटपटी”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २० २०८०
  • 2K
    SHARES

काठमाडौँ । संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमाले”मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको नेकपा एमालेले माओवादीकै कारण संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि यस्तो छटपटी देखिएको हो ।

सातै प्रदेशबाट बाहिरिन पुगेको नेकपा एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ । गत पुस १० गते नयाँ समीकरणका साथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्डबाट धोका पाएपछि अहिले नेपाली कांग्रेसलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुगेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य हुने विषयमा केही दिनयता नेकपा एमालेका नेताहरूले बारम्बार अभिव्यक्ति दिइरहका छन् । उनीहरूले वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गर्दै नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा जोड दिँदै आएका छन् । मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौलिया दलहरूलाई बाहिर राख्न सकिने भन्दै नेपाली कांग्रेसलाई अघि सारेर सरकारमा जाने नेकपा एमालेको दाउ रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता राजनीतिका माहिर खेलाडी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने लालच दिनसम्म भ्याइसकेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई सत्ताबाहिर रहनुपरेको पीडाले पिरोल्न थालेपछि नयाँ कोर्सको अभ्यास गर्न खोजेको गठबन्धन दलका नेताहरूले बताएका छन् ।

नेपाली कांग्रेसका एक सांसदले भने, ‘अहिले सरकार परिवर्तन र गठबन्धन फेरबदलको कुनै सम्भावना छैन । प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेर गठबन्धन परिवर्तन गर्ने पक्षमा नेपाली कांग्रेस छैन । नेकपा एमालेका नेताहरूले सत्ताबाहिर रहनुपर्दाको पीडालाई मल्हम लगाउन केही उपाय निस्किहाल्छ कि भनेर प्रधानमन्त्रीको प्रस्तावको हल्ला गरेका मात्रै हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४