Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम : निःशुल्क एम्बुलेन्सदेखि डे–वोडर्सको व्यवस्थासम्म


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिकाको १३ औँ गाउँ सभाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र आर्थिक ऐन २०८० पारित गरेको छ । शनिवार गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसै गरी आर्थिक ऐन २०८० पनि सभाले स्वीकृत गरेको छ ।

अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्वास्थ्य तर्फ निःशुल्क एम्बुलेन्सको व्यवस्थालाई निरन्तरता दिइने उल्लेख छ । त्यसको लाग रेफरल फन्डको व्यवस्थापन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य बिमा कार्यक्रमलाई थप विस्तार गरिने तथा पालिकाभित्र बसोबास गरेका अति विपन्न परिवार र कोही नभएका तथा केही नभएका व्यक्तिलाई प्रथम पटकको बिमा शुल्क बापतको रकम गाउँपालिकाबाट अनुदान स्वरूप प्रदान गरिने नीति गाउँपालिकाले तय गरेको छ । कक्षा ५ को स्रोत केन्द्र स्तरीय र कक्षा ८ को पालिका स्तरीय परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालनलाई निरन्तरता दिइने भएको छ ।

उत्कृष्ट विद्यालय, विद्यार्थी,शिक्षक, अभिभावक र शिक्षा सेवीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइने भएको छ । गुणस्तरीय शिक्षा हाम्रो प्रतिविद्धतालाई साकार पार्न कक्षा ६–८ सञ्चालित विद्यालयलाई डे–वोडर्स र कक्षा ९–१२ सञ्चालित विद्यालयका लागि एक आवासीय विद्यालयको पूर्वाधार निर्माण र अति सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आवासीय विद्यालय बनाई शैक्षिक गुणस्तर सुधारको सुनिश्चितता गरिने नीति कार्यक्रम गाउँपालिकाले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४