Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“गोकुलगंगा गाउँपालिकाले ल्यायो ७४ करोडको बजेट”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०८०
  • 1.9K
    SHARES

काठमाडौँ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को निती कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का “दिनेश”ले १३ औँ गाउँसभामा प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले धेरै पुरानै निती तथा कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । गाउँसभामा आगामी आर्थिक वर्षको बजेट उपाध्यक्ष उषादेवी कार्कीले प्रस्तुत गर्नुभयो ।

गाउँपालिकाले पूर्वाधार कृषि, पर्यटन स्वास्थ्य शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम तय गरेको छ । गाउँपालिकाले यस आर्थिक बर्षमा करिब ७२ करोड कार्यान्वयन गरिरहेको छ । यस आर्थिक बर्ष करिब २ करोड बढी बजेट थप्दै गाउँपालिकाले ७४ करोडको बजेट ल्याएको हो ।

गाउँपालिकाले ७४ करोडको बजेट ल्याएको छ । गाउँसभामा प्रस्तुत निती,कार्यक्रम तथा बजेट बहुमतले पारित समेत गरेको छ ।

यस्तो छ निती तथा कार्यक्रम :

पालिकाले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्यीता, पूँजीगत खर्चमा वृद्धि, गुणस्तरीय पुर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्ट्राचार नियन्त्रण, उत्पादन र रोजगारी वृद्धि, पर्यावरणीय सन्तुलन जस्ता विषयहरु प्रमुख प्राथमिकतामा राखेको छ ।

यस्तै, भ्रष्टचारविरुद्ध शुन्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै सबै खाले अनियमितता, भ्रष्ट्राचार, करछली, कृत्रिम अभाव कालो बजारी, व्यवसायिक एकाधिकार लगायतका सुशासन विरोधी क्रियाकलपमा जनताको गुनासोलाई तत्काल र प्रभावकारी रुपमा सुनुवाई गरी उचित दण्ड सजाय र कानुनी उपचार गरिने जनाइएको छ । गाई भैसी पालनलाई प्रोत्साहन र दुधजन्य पदार्थको खपत र बजारीकरण गर्न ‘कोल्ड ड्रिङस भगाउँ, दही मोही खाउँ ’ भन्ने अभियान सञ्चालन गरी गाउँपालिकाभित्र चिसो पेय पदार्थको आयत विस्तारै निरुत्साहित गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

यसैगरी, नीति तथा कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुमा समेत गुनासो सम्बोधनका लागि गुनासो सुन्ने अधिकारी तोकी मोबाइल गभर्नेन्सको व्यवस्थाका साथै हेलो स्थानीय सरकार सञ्चालनको व्यवस्था मिलाइने, सर्व सुलभ र गुणस्तरीय शिक्षाको अवधारणा बमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाउन विद्यालय उमेर समुहका सबै बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्ने, बढ्दो शैक्षिक बेरोजगारीलाई न्युनीकरण गर्न तथा हाम्रो स्कुल राम्रो स्कुल अभियान अन्र्तगत विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी न्युन रहेका सामुदायिक विद्यालयहरुमा स्वंयम सेवक शिक्षकको रुपमा विषयगत दक्ष शिक्षकको व्यवस्था मिलाइ विद्यालय सञ्चालन र पठन पाठनको प्रबन्ध मिलाइने, स्वास्थ्य संस्थामार्फत सबै वडामा आधारभुत स्वास्थ्य परिक्षण तथा उपचार सहितको स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चत गर्दै अशक्तः असहाय र ज्येष्ठ नागरिकलाई घरदैलो मै आधारभुत स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख छ ।

गोकुलगंगा गाउँपालिकाले ‘युवासँग स्थानीय सरकार– हुने छैनन् बेरोजगार’ अभियान अन्र्तगत प्रधानमन्त्री रोजगार कार्यक्रम र निजि क्षेत्रसँग सहकार्य गर्दै उत्पादनसँग प्रत्यक्ष जोडिने खालका रोजगार, उद्यमशिलता र सीप विकास तालिम सञ्चालनका साथै निजि एवम् खाली पर्ती जग्गामा कृषि खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गरी रोजगारीको व्यवस्था मिलाइने, हाम्रो उत्पादन हाम्रो अभियान अन्र्तगत एक टोल एक सामुहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र नीति मार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिने, गाउँपालिकाभित्रका पाँचपोखरी जट्टापोखरी, ताँबेडाँडा, भिमसेनथान, बोहोरीगंगा, शिवालय घुस्मेश्वर महादेव लगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक स्थलहरुलाई सुन्दर र आकर्षक बनाउन संघ, प्रदेश र निजि क्षेत्रसँगको सहकार्यमा ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ भन्ने लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निति लिएको छ । साथै पालिकाले यसअघि कार्य सम्पन्न नभएका पुराना कार्यक्रमहरुलाई पनि निरन्तरता दिने नीति लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४