Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षामा डेढ दर्जन कानुन र नीतिमा सुधार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ८ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको देखाइएको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा शिक्षा क्षेत्रमा गरिएको सुधारको विषय उठान गरिएको छ । प्रतिवेदनमा शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न शिक्षाको सोचपत्र–२०७९ जारी गरिएको उल्लेख छ । सो अवधिमा मदन भण्डारी विज्ञान तथा प्रविधि शिक्षा ऐन, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक जारी गरिएको छ ।

सो आ.व.मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र वर्तमान मन्त्री अशोककुमार राईले वागडोर सम्हाल्नुभएको थियो ।

वार्षिक प्रतिवेदनमा विद्यालय शिक्षासम्बन्धी प्राविधिक तथा व्यावसायिक, राष्ट्रिय योग्यता प्रारूप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार भएको उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले गत आर्थिक वर्षमा दर्जनौं नीति, ऐन कानुनको मस्यौदा तयार भएको जानकारी दिँदै कतिपय ऐन पारित भएर कार्यान्वयनमा गएको र कतिपय नीति विधेयक पारित भई ऐन बनाउने प्रक्रियामा रहेको बताउनुभयो ।

गत आ.व.मा शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन भएको छ । आगामी आ.व.देखि कार्यान्वयन हुनेगरी १० वर्षे विद्यालय शिक्षा क्षेत्र (एसईएसपी २०२२–२०३०) तयार भएको छ । त्यसै गरी उक्त आ.व.मा लेटर ग्रेडिङ निर्देशिका, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन निर्देशिका, विपन्न लक्षित छात्रवृति कार्यान्वयन मापदण्ड कार्यान्वयन भएको छ ।

विज्ञानअन्तर्गत रेडियोधर्मी पदार्थ उपयोग तथा नियमन नियमावली, परम्परागत शिक्षणसंस्था सञ्चालन र व्यवस्थापन मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याइएको छ । विद्यालय शिक्षाक्षेत्र कार्यक्रम आउनुअघि लागु भएको विद्यालय शिक्षाक्षेत्र कार्यक्रमअन्तर्गत बालविकास शिक्षक शिक्षिकाका लागि मासिक ८ हजार र विद्यालय कर्मचारीको लागि खाइपाई आएको मासिक पारिश्रमिकमा २ हजार रुपियाँ थप गरिएको छ ।

न्यून शिक्षक दरबन्दी आपूर्ति गर्न मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजीका ४ हजार ७ सय ५०, आधारभूत तह कक्षा ६ देखि ८ को लागि २ हजार ६ सय गरी ७ हजार ३ सय ५० जना शिक्षकको व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको छ ।

संरचनागत सुधारअन्तर्गत गत आर्थिक वर्षमा ५ हजार ९ सय ८० कक्षाकोठा निर्माण गरिएको छ भने २ हजार १ सय ८१ विद्यालयमा डिजिटल पुस्तकालय र आइटी ल्याब व्यवस्थापन गरिएको छ । सो अवधिमा भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ वटा विद्यालयमध्ये थप ६ सय ६१ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १ हजार १२ वटा विद्यालयमा सूचना प्रविधि पुस्तकालय (आईटी ल्याब) स्थापना गरिएको छ ।

यो समाचार आजको समाचार पत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४