Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“आदिपुरुष’ विवाद संसदमा प्रवेश, सांसद शाह भन्छन्- परराष्ट्र र सञ्चारमन्त्री गम्भीर हुनुपर्छ”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १ २०८०
  • 4.8K
    SHARES

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादले संसदमा समेत प्रवेश पाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यो घटनालाई गम्भीर रुपमा लिनुपर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराए ।

फिल्ममा समावेश गरिएको संवादले नेपालीको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि आक्रमण गरेको भन्दै सांसद शाहले काठमाडौंका मेयर बालेनको अभिव्यक्तिको समर्थन गरे । ‘परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भीर रुपमा लिनुपर्छ । नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरु भावनात्मक नै किन नहुन् सरकारले सम्बोधन नगरेपछि विभिन्न निकाय र जनस्तरबाट अहिले देखिएको जस्तो प्रतिक्रिया देखिनु स्वभाविक हो,’ उनले भने ।

फिल्म निर्देशक समेत रहेका सांसद शाहले मेयर बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर सही गरेको बताए । नेपालको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि निरन्तर आक्रमण भइरहेको बताउँदै उनले बुद्ध, कालापानी र लिम्पियाधुरा हाम्रो भनेर भारतले नेपालीको चित्त दुःखाउने काम गरेको बताए ।

उनले भने, ‘कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ । हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर । हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर । सरकारले श्वास दबाएर कोही न कोही कुनै न कुनै बेला बोल्नुपथ्र्यो । बालेनले बोले सही गरे ।

यसैबीच, चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै फिल्म ‘आदिपुरुष’को प्रकरणमा औपचारिक प्रतिक्रिया दिएको छ । यसप्रकारको विवादले दुई मुलुकको द्विपक्षीय सांस्कृतिक र कूटनीतिक सम्बन्धमा खलल पुग्ने भएकाले यथाशक्य संवाद हटाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत आग्रह गरेको छ ।

संसारका कुनै पनि फिल्मले नेपालको स्वाधीनता, विभूतिमाथिको दाबी, सीमालगायत विषयमा त्रुटि वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु बोर्डका लागि कदापि मान्य नहुने समेत बोर्डले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४