Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरेली घरभेटीलाई ५० प्रतिशत घरभाडा घटाउन सार्वजनिक आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३१ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । पोखराका घरबेटीलाई अहिले लिँदै आएको घरभाडा मध्ये ५० प्रतिशत घटाउन आह्वान गरिएको छ । घरभाडा सरोकार समितिले घरधनीहरूसँग घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो ।

आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण अर्थतन्त्र संकटमा परेको र यस्तो समयमा भाडा तिर्ने पैसा नभएकोले भाडा घटाउन आग्रह गरिएको हो । ‘आर्थिक मन्दी छ । बैंकले ब्याज लिन छोडेको छैन । व्यापार चौपट भएको बेलामा कहाँबाट ल्याएर भाडा तिर्ने ?,’ समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले भने, ‘यस्तो बेलामा कोही पनि मर्नु हुँदैन । घरबेटीलाई पनि घाटा नहुने र भाडामा बस्नेले पनि दुख नपाउने गरी निकास खोज्नुपर्छ ।

आर्थिक मन्दीकै कारण अहिले धमाधम सटरहरू खाली हुन थालेको भन्दै खाली सटर राख्नुभन्दा कम भाडामा दिँदा उपयुक्त हुने समितिले जनाएको छ । घरभाडा नघटे ५० प्रतिशत व्यवसायीले व्यवसाय छोडेर पलायन हुने अवस्था आएको न्यौपानेको भनाई छ ।

समितिले घरभाडा समयमै नतिरेको भएपनि अहिलेको परिस्थितिलाई बुझेर व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्न आग्रह गरेको छ । यसअघि सिटी रेवानले पनि घरभाडा घटाउन आह्वान सहितको विज्ञप्ति निकालेको थियो । तर घरधनीहरू भने बैंकबाट ऋण लिएर घर बनाएकोले घटाउन सक्ने अवस्थामा नरहेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४