Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुरमा बागी जितेका मेयर साहमाथिको कारबाही कांग्रेसले गर्‍यो फुकुवा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 1.9K
    SHARES

काठमाडौं । जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवारी दिएर मेयर जितेका मनोजकुमार साहलाई नेपाली कांग्रेसले गरेको कारबाही फिर्ता लिएको छ ।

उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले जनता समाजवादी पार्टी जसपाका लालकिशोर साहलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

तर पार्टीको निर्देशन विपरीत मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आनन्दकुमार ढुंगानाले धनुषा जिल्ला सभापतिलाई पत्र पठाउँदै मनोजकुमार साहमाथिको कारबाही फुकुवा भएकाले उनलाई साविककै जिम्मेवारीमा रहेर कामकाज गर्न दिन निर्देशन दिएका छन् ।

साहले हिजोका दिनमा गरेको गतिविधिमा आत्मलोचना गर्दै पार्टीको सिद्धान्त र नीतिमा रहेर कामकारबाही गर्न निवेदन दिएकाले उनीमाथिको कारबाही फुकुवा गरिएको ढुंगानाले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४