Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट सातामा दुई उडान हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 3.3K
    SHARES

काठमाडौं । गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट सातामा दुई दिन उडान हुने भएको छ । सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो ।

जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको थिए ।

त्यसैलाई मध्य नजर राखेर नेपाल एयरलाइन्सको जहाजले हप्ताको एक दिन थपेर बुधबार उडान हुने भएको रेसुङ्‍गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । अब रेसुङ्‍गा विमानस्थलबाट बुधबार र शुक्राबार दुई दिन उडान हुनेछ ।

रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंसम्मको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्‍गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ । काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलसम्मको दुरी ५० मिनेटको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४