Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 3.8K
    SHARES

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने हुनुभएको छ ।

नेकपा एमाले सरकारबाट बाहिरिएपनि विश्वासको मत लिन आलटाल गरिरहनुभएका मुख्यमन्त्री यादवले संवैधानिक अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लाग्नुभएको हो ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाउनुभएको छ । प्रदेशसभा सचिवालयले मंगलबार साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको व्यहोराको एसएमएस सांसदहरूलाई पठाएको छ ।

यसअघि,प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाउनुभएका यादवले सत्तारुढ दल एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको तर्क गर्दै विश्वासको मत लिन आलटाल गरिरहनुभएको थियो ।

सरकारमा सहभागी कुनै एक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेले समर्थन फिर्ता लिएको मंगलबार २९ औं दिन हो ।

मुख्यमन्त्री यादवसँग असन्तुष्ट रहँदै सरकारबाट मन्त्री फिर्ता भएको माओवादी (केन्द्र) ले पनि विश्वासको मत दिने जनाएको छ । नेकपा एमालेले भने पक्ष वा विपक्षमा मत दिनेबारे निर्णय गरिसकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४