Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनकोशी नदीमा बेपत्ता भएका थप एक जनाको शव भेटियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २७ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । सुनकोशीमा सिटिइभिटीका बेपत्ता भएका थप एक कर्मचारीको शव फेला परेको छ ।

शनिबार बिहान पुर्वीनवलपरासी प्रगती नगरपालिका–७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो । सो दुर्घटना हुँदा दुई जना कर्मचारीको शव गत मंगलबार फेला परेको थियो । भुर्तेलको शव शनिबार दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।

भक्तपुरबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको हो । गाडीका चालक भने पौडिएर बाहिर निस्किएका थिए ।

तर, त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र इलामको फाकफोकथुम गाउँपालिका ४ फुएतप्पाका विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४