Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अराजकता बिरुद्ध नलड्ने युवा खास युवानै हैन्न :- युवा नेता सुवेदी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २० २०८०
  • 5.7K
    SHARES

कास्कीको रुपा गाउपालिका वडा न २ स्थित शिवालय मा बि मा राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी द्वारा आयोजनामा समृद्ध नेपाल सुखि नेपाली निर्माण मा युवा बिधार्थि को भुमिका बिषयमा बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा रुपा ज्योति कि छात्रा कृपा सुवेदी ले प्रथम स्तान हाशिल गरेकि छिन भने दितिय स्थान पनि रुपा ज्योतिकै छात्र एन्जल गुरुङ भयका र तृतीय स्थान शिवालय माबि का छात्र बिदुर अधिकारी भयका छन ।

कार्यक्रम उद्घाटन नेकपा एमाले कास्की जिल्ला कमिटी का सदस्य एवम रुपा २ का वडा अध्यक्ष राजन सुवेदीले ब्यानरमा हस्ताक्षर गरेर गरेका थिए । कार्यक्रम उदघाटन गर्दै सुवेदीले आफ्ना भनाई राख्ने क्रममा भनेका छन हरेक युवा उच्च चेतले युवा हुन पर्छ उत्पादनमा जोडिन पर्छ उत्पादनमा जोडिए पछि मात्रै समृद्धि सम्भावना छ नत्र हिजकै नेताजस्तै हिसाब मिलायर जीन्दगी चलाउने मात्रै हुन ।

सुवेदीले हर युवा अन्याय अत्याचारको बिरुद्धमा अगाडि बाट लड्न पर्छ जो युवा अन्याय र अत्याचारको बिषयमा लड्न सक्दैन उ युवा हुनै सक्दैनन् आफु सधै अन्याय र अत्याचार को बिषयमा लड्दै आएको र सत्यका पक्षमा एक्लै भयनि लड्दै आएको सुनाए । हिजो आफु पनि युवा संघकै कार्यकर्ता रहेको र संघ मा हुदा यस्तै सृजनसिल कार्यहरु गरेको स्मरण गर्दै सधै यस्तै कार्य गर्न सुझाय बिधालय मा जो आएपनि बिधार्थि र शिवालय को हित बोकर आउनु पर्ने र सबैलाई सधैं स्वागत गर्ने प्रचलन रहेको सुनाउदै सुवेदीले आफु बिधालय को बिधालय ब्यबस्थापन समिति को अध्यक्ष हुदा पनि यस्तै कार्य गर्ने धेरै संघ संस्थालाई भित्र्याउने गरेको बताए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै शिवालय मा बि का प्र अ रुपिन्द्र प्रभाबि जोशिले हाम्रो बिधालय छनोट गरेर कार्यक्रम गरेको मा आयोजक प्रति खुसि ब्यक्त गरे बिधार्थि हरुलाई सहयोग आफु सधै बिधार्थि र बिधालयको चिन्तन मा रहेको र बिधालय हित गर्ने जो सुकैलाई पनि बिधालयमा स्वागत गर्ने गरेको बताए । प्र अ रुपिन्द्रले नि वर्तमान अध्यक्ष तथा वडा अध्यक्ष राजन सुवेदी रुपा २ को मात्रै नभएर समग्र रुपाकै बिकाश का लागि अहोरात्र खट्ने गरेको र उहाको काम निकै प्रभाबकारि हुदै गएको बताए ।

हामीलाई तीन बर्ष बिधालयमा संगै मिलेर काम गरेरनै बिधालय लाई स्थापित गर्न सकेको बताए यस्तिको दृष्टिकोण बोकेको युवाले अब रुपाको नेतृत्व गर्ने गरेर काम गर्न पनि सुझाय । कार्यक्रममा निर्णायको रुपमा राष्ट्रिय युवा संघ नेपाल का पुर्वसचिवालय सदस्य भुवन घिमिरे तथा सरास्वति पुरीले गरेको थिए ।कार्यक्रम रुपा गा पा वडा न दुई का युवा नेता पुष्पराज सुवेदी सञ्चालन गरेका थिए ।कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी का अध्यक्ष पान ब जि सि को अध्यक्षयता सम्पन्न भयको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४