Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेका केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २० २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले पार्टीका नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । अध्यक्ष केपी शर्मा ओली बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो ।ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

जस अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई योजना तथा नीति सम्बन्धी विभागको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । त्यस्तै बैठकले संगठन विभागको प्रमुखमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिएको छ ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पूर्वाधार र विकास, रामबहादुर थापालाई कृषि तथा उद्यमशिलता, अष्टलक्ष्मी शाक्यलाई सामाजिक विकास, युवराज ज्ञवालीलाई मानव स्रोत, सुवास नेम्वाङलाई सुशासन र सेवा प्रवाह र विष्णुप्रसाद पौडेललाई संगठन प्रशिक्षण र प्रचार सम्बन्धी विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ । प्रचार तथा प्रकाशन विभागको संयोजकको रुपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । यस्तै एमालेले पार्टी सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको छ ।

यस्तै सातै उपाध्यक्षहरुलाई ३२ विभागको जिम्मेवारी दिइएको छ । स्थायी कमिटी सदस्य र पोलिटब्युरोलाई जिल्लाको इन्चार्ज तोकिएको छ भने केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गरिएको नागरिकता बिधेक, टीकापुर घटनाका आरोपी रेशम चौधरीको आम माफी लगायतका बिषयले गम्भीर प्रश्न उठाएको ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४