Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसदलाई ५ करोड दिने निर्णयको विपक्षमा रास्वपा, खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको रास्वपाको भनाइ छ । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा बजेट भाषण गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको बताएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संकल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ । ‘अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने, संकल्प प्रस्तावको कारण र औचित्यमा भनिएको छ ।

मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४