Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किसानलाई १० हजार किलो जेठोबुढोको बीउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 1.8K
    SHARES

पोखरा । पोखरा महानगरपालिकाले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ कृषकलाई वितरण गरेको छ । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले बताए । महाशाखाले समूहबाट प्रतिकिलो २ सयमा खरिद गरी ५० प्रतिशत अनुदान दिएर १ सयमा कृषकलाई उपलब्ध गराएको हो । कृषक समूहबाट उत्पादित बीउ गण्डकी प्रदेश बीउविजन प्रयोगशालाले परीक्षण गरी प्रमाणीकरण गरेको छ ।

पोखराको रैथाने धान जेठोबुढो यहाँको मौलिक कृषि उपज मानिन्छ । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका गगनगौँडा, बेलबुटे, मालमूल, पटनेरीलगायत विभिन्न फाँटमा यो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पछिल्लो समयमा पोखरासहित देशका प्रमुख सहरमा हुने गरेको छ । जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति छन् ।

न धेरै गर्मी र न धेरै जाडो हुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । भरतपोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् । जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ । सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन् ।

विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमिन ६८ हजार नौ सय ६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेको कृषकहरू बताउँछन् ।

पोखरेली जेठोबुढोको बीउको माग गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पनि हुने गरेको छ । सुधारिएको पोखरेली जेठोबुढोको बीउ कृषकका लागि विसं २०६७ मा सिफारिस गरिएको थियो । यसको २०६८ देखि उत्पादन सुरु भएको थियो । यसको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३ दशमलव ५ मेट्रिक टन छ ।

पोखराको वडा नं २३ स्थित ठूला खेत कृषक समूह, वडा नं १६ स्थित हिमालय कृषि फर्म, वडा नं १३ स्थित नमूना प्राङ्गारिक कृषि सहकारी, वडा नं २६ स्थित ढले पीपल कृषक समूह, दीपशिखा महिला सहकारी, पोखरा २२ स्थित सफल महिला कृषक समूह, पोखरा ३० स्थित लक्ष्मी सीप सेन्टरलगायत कृषक समूह पोखरेली जेठोबुढोको बीउ उत्पादनमा केन्द्रित बनेको महाशाखा प्रमुख कडरियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४