Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

उनका अनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम १८ रूपैयाँ भाडा तिर्नु पर्थ्यो । अब भने न्यूनतम भाडा १७ रूपैयाँ हुनेछ ।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४