Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकाको प्रसिद्ध भोटो देखाउने जात्रा आज मनाईदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जात्राहरु मध्येको भोटो देखाउने जात्रा बिहीबार मनाईदै छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत बिहीबार भोटो देखाउने जात्रा मनाउन लागिएको हो । सबैभन्दा लामो जात्राको रूपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा छ ।

गुठी संस्थानको संयोजनमा बिहीबार अपरान्ह पाँच बजे ललितपुरको जावलाखेलमा भोटो देखाउने कार्यक्रम रहेको छ । करीब १३ सय वर्ष अघि सुरु भएको विश्वास गरिने यो जात्रामा कहिलेदेखि भोटो देखाउन थालियो भन्ने निश्चित छैन ।

किम्वदन्ती अनुसार नागराज कर्कोटककी रानीको आँखा दुखेकोमा नागराज राजाले वैद्यको खोजी गर्ने क्रममा खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक लगेका थिए । किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी दुई हात माडेर निस्किएको मैलालाई औषधि भनी कर्कोटकलाई दिए । सोही औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । राजाले पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिए ।

किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले भूतले उनको भोटो लगिदियो । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा राजाले आफूलाई दिएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले भोटो दावी गरे । तर, भूतले भोटो दिन नमानेपछि विवाद भयो र कर्कोटक नागराजलाई समेत बोलाएर सोधखोज गरियो ।

अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । सोही दिनदेखि रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो दाबी गर्नका लागि सार्वजनिक रुपमा देखाउने परम्परा सुरु भयो भन्ने कथा यो पर्वसंग जोडिएको छ ।

भोटो देखाउने जात्रासँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुने गर्दछ । भोटो देखाउने जात्राको अवसरमा सरकारले उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक विदा दिने गरेको छ । यसैबीच, उपत्यकाका नेवार समुदायले बिहीबार घर घरमा रहेका ईनारहरु सफा गर्ने तथा कुमार कार्तिकेयको पूजा गरी सिठीनखः पर्व मनाउँदै छन् । नेवार समुदायको देवाली पर्वको बिहीबार अन्तिम दिन पनि हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४