Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा सुरू भयो सम्पदा घुम्ती बस सेवा, यस्तो छ रूट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 2K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा यस्तो सेवा थालेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने आजबाट सम्पदा घुम्ती बस सेवाको परीक्षण सञ्चालन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ललितपुरबाट सम्पदा घुम्ती बस सेवा सुरु गरे । बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए । उनले उपत्यकाको पर्यटन प्रवर्द्धनमा लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परीक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए ।

मंगलबारदेखि सुरु भएको सम्पदा बसमा पर्यटनमन्त्री किरातीले पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा समेत गरेका थिए ।

कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रवर्द्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताए । उनले सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनु पर्ने समेत बताए ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले उपत्यकाको पर्यटन प्रर्वद्धनका लागि बोर्डले साझासँग सहकार्यमा यो सेवा सुरु गरेको जानकारी दिँदै सम्पदा घुम्ती बस सेवाको सञ्चालनलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरुसँग समन्वय र सहकार्य आवश्यक भएको धारणा राखे ।

साझा यातायातका कार्यबाहक अध्यक्ष सुशिल प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने र यसको सफलताको आधारमा अरु बस थपिने जानकारी दिए ।

पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस विहान ८ः०० बजे देखी बेलुकी ६ः०० बजे सम्म हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक),महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने छ ।

फर्किदा तारागाँउ संग्रहालय, बौद्ध, चावहिल चोक,नारायण गोपाल चोक, गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हुँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ । यो रुटमा दिनमा ५ सय रुपैयाँ तिरेर दिनभर यात्रा गर्न सकिने गरी भाडादर प्रस्ताव गरिएको छ । भाडा स्वीकृत नभएसम्म सेवा निःशुल्क दिइने साझा यातायातले जनाएको छ । एक पटक टिकट काटेपछि सो दिन एक रुटमा उत्रिएर उक्त सम्पदा घुमफिर गरी पुनः सोही रुटमा आएको साझाको बस चढ्न सकिनेछ । नेपालमा पहिलो पटक यस्तो सेवा सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४