Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखराको धर्मस्थली आधारभूत विद्यलयमा विद्या्थीका लागि आएको खाजा शिक्षकहरुले खाएको समाचार बाहिरीय पछि भान्सेलाई जागिरबाट नै निस्कासन बिद्यार्थीको खाजा शिक्षकले किन खाएको ? भनेर पत्रकारले सोधेपछि धर्मस्थलीमा भान्सेलाई ‘किक आउट’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 5.7K
    SHARES

पोखरा – विद्यालयमा दिवा खाजामा राखिएकी एक सामान्य कर्मचारीले विद्यालयको प्रतिष्ठामा गम्भिर आँच पु¥याउने भ्रामक सूचना दिएको र प्रशासनले दिएको काम नगरेको आरोप लगाउँदै धर्मस्थली आधारभूत विद्यालय प्रस्र्याङ्ले षडयन्त्रपूर्वकढंगले निस्काशित गरेको छ ।
पोखरा महानगरपालिका ५ प्रस्र्याङ्खस्थित धर्मस्थलीमा विद्यार्थीलाई बनाएको खाजा केहि शिक्षिकाले खाईदिएको गुनासो आएपछि त्यसबारे बुझ्न पत्रकारहरुको टोली पुगेको केहि दिनमै भान्सामा कार्यरत महिला कर्मचारी विष्णुमाया लामिछानेलाई विद्यालय प्रशासन र व्यवस्थापनले निकालेको हो ।

“जेठ ५ गते विभिन्न आरोप लगाउँदै भान्से लामिछानेलाई २४ घण्टे स्पष्टिकरण सोधेको विद्यालयले शनिवार विदाको दिन जेठ ६ गते शिक्षक र कर्मचारीहरुको गुनासोपत्र दर्ता गरेको छ । विधि, प्रकृया पालना नगरिकन र आरोपलाई पुष्टि गर्न सक्ने कुनै प्रमाण विना दादागिरी शैलीमा लामिछानेलाई निकालेको विद्यालयले कतिसम्म जालझेल बुनेको रहेछ ? भन्ने तथ्य शनिवार विदाको दिन गुनासोपत्र दर्ता गरिएको कुराले प्रष्ट हुन्छ । “

जेठ ५ गते विभिन्न आरोप लगाउँदै भान्से लामिछानेलाई २४ घण्टे स्पष्टिकरण सोधेको विद्यालयले शनिवार विदाको दिन जेठ ६ गते शिक्षक र कर्मचारीहरुको गुनासोपत्र दर्ता गरेको छ । विधि, प्रकृया पालना नगरिकन र आरोपलाई पुष्टि गर्न सक्ने कुनै प्रमाण विना दादागिरी शैलीमा लामिछानेलाई निकालेको विद्यालयले कतिसम्म जालझेल बुनेको रहेछ ? भन्ने तथ्य शनिवार विदाको दिन गुनासोपत्र दर्ता गरिएको कुराले प्रष्ट हुन्छ ।
त्यतिमात्रै होईन, शुरुमा भान्से कर्मचारीलाई अवकास दिनुको कारण माग गर्दा निमित्त प्रधानाध्यापक तथा सूचना अधिकारी निर्मला पोखरेलले आम्दानीको स्रोतको रुपमा रहेको छाप्रो भत्काईएकोले आर्थिक समस्याका कारण अवकास दिनु परेको भन्दै पत्रकारहरुलाई गुमराहमा राख्न खोजेकी थिईन ।

विद्यालयमा २०७८ पुष २६ गतेदेखि दिवा खाजाका लागि करार सेवामा नियुक्ती गरिएकी लामिछानेलाई अवकास दिनुअघि विभिन्न आरोपसहित २४ घण्टे स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणपत्रमा विद्यालयको प्रतिष्ठामा आँच पुराउने गरी भ्रामक कपोकल्पित सूचना प्रवाह गरेकोसहित प्रधानाध्यापक र प्रशासनले गराएको काम नगरेको आरोप लगाईएको थियो । अवकास वारे दिएको अन्र्तवार्तामा दिएको अभिव्यक्ति र स्पष्टिकरणपत्र र अवकासपत्रको विवरण कहि कतै नमिलेपछि किन ? भनेर सोध्दा निमित्त प्रधानाध्यापक नाजवाफ भएकी थिईन र्। दिवा खाजामा राखिएकी लामिछानेलाई हामीले पटक पटक मौखिक प्रष्टिकरण सोधेपनि यसअघि कुनै पनि लिखित प्रष्टिकरण सोधेका थिएनौं,’ निमित्त प्रधानाध्यापक पोखरेलले भनिर्न स्पटिकरणपत्रमा लगाईएका आरोप प्रमाणित गर्ने प्रमाणहरु पनि छैन ।

’
प्रधानाध्यापक वदनकुमारी शर्मा जेठ ५ गतेको स्पष्टिकरणपत्रमा हस्ताक्षर गरेर सोमवारदेखि पारिवारिक भ्रमणकोक्रममा अस्टे«लिया गएकीले पोखरेलले निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी छिन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पढाउने शिक्षिका, शिक्षक र कर्मचारीहरुले गुनासो अनुसार भान्साकी कर्मचारी लामिछानेलाई अवकास दिईएको वताए । अध्यक्ष पराजुलीले शिक्षिका र कर्मचारीहरुले लामिछानेमाथि लगाएको आरोपहरु पुष्टि गर्ने कुनै पनि प्रमाण आफु र विद्यालयसँग नभएको तर करारमा राखिएका कर्मचारीलाई निकाल्न कुनै छानवीन समिति गठन गरिरहन जरुरी नभएकोले निकालिएको वताउँदै मुद्दा परेमा सामना गर्ने वताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले भान्सामा काम गर्ने एउटा सामान्य कर्मचारीले विद्यालयको चेन अफ कमाण्ड भत्काएको र ननिकालेमा वातावरण विग्रने देखिएकोले हटाउनु परेको समेत जनाए । जवकी विद्यालयको चेन अफ कमाण्ड प्रधानाध्यापकको नेतृत्वमा चल्छ ।

विद्यालयमा पत्रकारहरु आएर खाजाको बारेमा सोधखोज गरेको दिनदेखि नै आफु झन चेपुवामा परेको विष्णुमायाले वताईन र्। स्कुलमा को आउँछ ? के भन्छन ? म भान्सामा खाना बनाएर खुवाउनेलाई केहि थाहा हुँदैन,’ लामिछानेले भनिर्न अस्ती पत्रकार आएर विद्यार्थी खाजाको वारेमा सोधखोज गर्नुभएको थियो अरे । त्यो दिनदेखि त मलाई तैले नै भनेर आएका हुन भनेर झनै काममा दलाएका थिए । अहिले दिनभर काम गरेर वेलुका घर जाने वेलामा स्कुलको कुरा बाहिरी मान्छेलाई भन्ने भन्दै भोलिवाट आउनु पर्दैन भनेर यो चिठि समात पो भन्छन । मैले कसैलाई चिनेको पनि छैन । भनेको पनि छैन । सकि नसकि एक्लैले झण्डै चार विद्यार्थी र पढाउनेहरुलाई खाजा वनाएर खुवाउँदा र जुठो भाडा माझेर दुःख गर्दा गर्दै एकैपटक निस्केर जा भन्नु कहाँको न्याय हो ?’

लामिछानेले अहिलेसम्म आफुले विद्यालयको हित विपरित कुनै काम पनि नगरेको र कसैलाई केहि पनि नभनेको वताउँदै अहिले आफुमाथि अन्याय परेपछि बोल्न बाध्य भएको वताईन । उनले केहि शिक्षिकाहरुले कक्षामा पढाउँदा पढाउँदै विचमै कक्षा छाडेर पाक्दै गरेको विद्यार्थीको खाजा समेत झिकेर खाई दिने गरेको वताईन र्। सबै मेडम र सरहरुले विद्यार्थीको खाजा छुदा पनि छुनु हुदैनथ्यो, कसैलाई हुदै नभएको कुरा भनेर पाप वोल्नु हुँदैन,’ लामिछानेले भनिर्न तर कुनै म्याडमहरु त भान्सामा के पाकेको छ ? भन्दै पढाउन नै छाडेर खाना पकाउन र खाना आउनुहुन्थ्यो । कुन कुनले त्यस्तो गर्छन सवैलाई थाहा छ । काम छाडेर भान्सामा विद्यार्थीको खाना आउनेलाई पो स्कुलले कार्वाही गर्नुपथ्र्यो ।’ लामिछानेले स्कुलमा कुनै म्याडम र सरहरुको वर्थ डे र अरु कुनै खुसीको दिन भए पढाउनै छाडेर धेरै जना भान्सामा मासु र भात पकाउन ओइरिने गरेका वताईन । उनीहरुले विद्यार्थीलाई ल्याएको मसला, तेल र ग्याँस समेत आफ्नो लागि प्रयोग गर्ने गरेका उनले वताईन ।

विद्यालयमा विद्यार्थी र शिक्षकको लागि एउटै भान्सामा खाजा पकाउने गरिन्छ । वाहिरी शैक्षिक संस्थाको परीक्षा चलेको वेला गार्ड वस्नेहरुको लागि खाना समेत पकाएर खाने गर्दछन । विद्यालयले एउटै भान्सामा टिचर र विद्यार्थीको लागि खाजा पाक्ने गरेपनि विद्यार्थीको खाजा कसैले नखाएको र आफैले खाजा कोष खडा गरेर खादै आएका दावी गरेको छ । विद्यालयमा दिउँसोको खाजामा राखिएकी भान्से कर्मचारीको काम विद्यार्थीलाई खाजा बनाएर खुवाएर भाँडाकुँडा सफा गर्ने भएपनि शौचालय सफा गर्नेदेखि अन्य कामहरु समेत लगाउने गरेका एक शिक्षकले वताए ।

कुनै कुनै म्याडमहरु पढाउन छाडेर खाली भान्सामा के पाकेछ भनेर खाने गरेकाले मैले तपाई पत्रकारहरुलाई चासो राखिदिए कम होला भनेर भनेको थिए,’ धर्मस्थली आधारभूत विद्यालयका एक शिक्षकले भर्ने तपाईहरुले विद्यार्थीको खाजा कर्मचारीहरुले खाईदिएको कुरा उठाउनु भएदेखि उनै लामिछानेले भनेकी हो भन्दै सताउने मात्रै होइन, निकालेर छाडे । कस्तो अन्याय भयो ।  कक्षा आठसम्म पढाई हुने विद्यालयमा १४ शिक्षिका, तीन शिक्षक र एक कार्यालय सहयोगी छन भने करिव ३ सय ५८ विद्यार्थी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४