Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 1.8K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. जेठ ०९, २०८० । ई.सं. २३ मे २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ तछलाथ्व । पिङ्गल उत्तरायण ग्रीष्म । मंगलबार ज्येष्ठ शुक्लपक्ष । तिथि- चतुर्थी २३:५८ बजेसम्म, त्यसपछी पञ्चमी । नक्षत्र- आर्द्रा १२:१२ बजेसम्म, त्यसपछी पुनर्वशु । योग- शूल १६:४१ बजेसम्म, त्यसपछी गण्ड । करण- वणिज ११:१२ बजेसम्म, त्यसपछी भद्रा २३:५८ बजेसम्म, त्यसपछी वव । चन्द्रराशि- मिथुन । आनन्दादि योग- चर । दिनमान- ३३।५९ -४६८०००:३१.९९९९९९९९९५३४ । सूर्योदय- ५:१३ । सूर्यास्त- १८ ४९ भ. ११:१२ उ. २३:५८ प., मंगलचौथी व्रत । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य १|७|१५|२ । चन्द्र २|१६|२५|३१ । मंगल ३|५|५८|५१ । बुध ०|१३|०|२३ । बृहस्पति ०|८|२|५ । शुक्र २|२२|३४|४४ । शनि १०|९|५२|५३ । राहु ०|७|४७|४२ । क्रान्ति उ २०|३१ । वेलान्तर (-)२:३६ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने समय छ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको मेसो नमिल्दा पछि परिनेछ। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४