Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपको मुद्दामा किशोरीको सक्कल जन्मदर्ता मागियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ७ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा किशोरीको सक्कल जन्मदर्ता मागिएकाे छ ।

जबरजस्ती करणीको मुद्दा परेका क्रिकेटर लामिछानेविरुद्धकाे मुद्दामा आज अन्तिम सुनुवाइ हुने भनिएको भएपनि हुन सकेन ।

आजको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको थियो ।

सो इजलासले जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरी गौशाला २६ को जन्मदर्ताको सक्कल फाइल मगाएको छ ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको थियाे ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन । सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४