Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बदनाम हुँदै क्वारेन्टाइन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १५ २०७७
  • 3.6K
    SHARES

काठमाडौ । नेपालमा कोभिड–१९ देखा परेसंगै चैत ११ गते देखि मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा प्रतिबन्ध सहित लकडाउन सुरु गरिएको थियोे । उद्योग, ब्यापार, कलाकारखाना, शैक्षिक क्षेत्र पूर्णरुपमा बन्द भए । क्रमशः नेपालमा कोरोना संक्रमित बढ्न थाले ।
अनिश्चित बन्दसँगै रोजगार गुमाउँदै आफ्नो सुरक्षाको लागि कयौं किलोमिटर र कयौं घण्टा पैदल यात्रा गर्दै नेपालका विभिन्न ठाउँबाट घर फर्कन थाले मानिसहरु । त्यसैगरी भारतमा कार्यरत नेपालीहरु पनि लुकिछिपि नेपाल आउन थाले ।
यसरी लुकिछिपी आउने बढिरहेको अवस्थामा कोरोना बढ्ने खतरासँगै नेपाल सरकारको २०७६ चैत ८ मा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले योगेश भट्टराईको संयोजकत्वमा क्वारेन्टाइन केन्द्र व्यवस्थापनको लागि समिति बनाएको थियो । यसरी सुरक्षित नेपाल ल्याई क्वारेन्टाइनमा राख्ने गरी स्थानीय तहको प्रमुख रहने गरी स्थानीय स्तरमा क्वारेन्टाइन स्थापना गरियो । यसरी भारतमा भएका नेपालीहरुलाई सुरक्षित नेपाल ल्याउन भारतको होल्डिङ्ग एरियाबाट उद्धार गरी स्थानीय स्तरमा बनेका क्वारेन्टाइनमा राख्ने गरिएको छ । प्रतेक स्थानीय निकायले आ–आफ्नो ठाउँमा सुरक्षा र अन्य सुबिधा भएको ठाउँमा क्वारेन्टाइन बनाएका छन् । त्यहीँबाट पिसिआर र स्वाव परिक्षणका लागि पठाउने गरिएको छ । यसरी कोरोना भए नभएको पुष्टि हुने गर्दछ । पछिल्लो पटक सोचे अनुसारको ब्यवस्थापन नहुदा क्वारेन्टाइनहरु सजाय काट्ने कैदि घर भएका छन् । पूर्वधार नपुगेका र दिर्घकालीन योजनाबिना नै बनेका क्वारेन्टाइन पछिल्लो समयमा बदनाम भएका छन् । जसको उदाहरण हामीले विभिन्न समयमा पत्रपत्रिका,अनलाइन समाचार र युटुबबाट सुनेका छौ । असुबिधा भएर नै क्वारेन्टाइनबाट मानिसहरु भाग्ने गरेका छन् । सुरक्षा दिनेले नै क्वारेन्टाइन स्थलभित्र यौनजन्य गतिविधि गर्ने गरेको कुरा हामीमाझ लुकेको छैन । क्वारेन्टाइन स्थलमा फितलो सुरक्षाले जो कोही उनिहरुको सम्पर्कमा पुग्ने गरेका छन् । जसको फलस्वरूप क्वारेन्टाइन अझ असुरक्षित भएको छ । क्वारेन्टाइनमा बस्नेहरुले भित्रको बेतिथि बेला–बेला फोटोसहित राख्नाले कस्तो छ भन्ने प्रष्ट पार्दछ । क्षमताभन्दा बढि मानिसहरुको भिड हुने गरेको छ । जहाँ सामाजिक दुरि कायम भएको देखिदैन । एउटै कोठामा बढि
मानिसहरु राख्नु अर्को समस्या देखिन्छ । कति ठाउँमा भित्रको बेथिति सम्बन्धी ठाउँमा सुनाउँदा धम्की आएको कुरा पीडित नाम नछाप्ने सर्तमा बताउँछन् । कति ठाउँमा आजित भएर भोक हड्ताल सम्ममा उत्रेको भेटिन्छन् । अहिले देखिएको समस्याहरुमा अव्यवस्थित शौचालय, पिउने पानीको समस्या, सरसफाईको कमी, फोहर ब्यवस्थापन नभएको, क्वारेन्टाइन स्थलमा लामखुट्टेको समस्या जसले गर्दा अन्य रोग सर्ने सम्भावना बढि देखिन्छ किटनासक औषधि नछरिएको, नेपालका विभिन्न ठाउँबाट आएका र भारतबाट आएकालाई एकैठाउँमा राखिनु पनि अर्को समस्या रहेको छ । अहिले जति पनि कोरोना लागेको छ उनिहरु भारतको विभिन्न ठाउँबाट आएका छन् ।
जसले गर्दा रोग सर्ने खतरा बढि देखिएको छ । समयमा संक्रमितको जाँच गराउन समस्या छ । पर्याप्त सेनेटाईजर र माक्सको अभाव पनि कायम छ । मनोचिकित्सकले प्रशस्त मात्रामा परामर्श गर्न पनि सकिरहेका छैनन् । कति क्वारेन्टाइन भवन टिनका भएकाले दिउँसो अत्यधिक गर्मीको समस्या हुने गरेको छ । पंखाको अभाव, स्वास्थकर खानाको अभाव देखिएको छ । क्वारेन्टाइनमै मृत्यु हुनेको शव ब्यवस्थापनमा समस्या परेको छ । कति ठाउँमा खुला चौर र गोठलाई नै क्वारेन्टाइन बनाईदा स्थानीय निकायको चौतर्फी आलोचना भएको पाईएको छ । त्यति मात्र हैन कतिले सरकारले निर्देशन पालना नगरी क्वारेन्टाइनमा बसेकासंग पैसा उठाएको भेटिएको छ । साथै क्वारेन्टाइन बसेका दीर्घ रोगिहरुले समयमा उपचार र दबाई नपाएको गुनासो ब्यापक सुन्न सकिन्छ । हरेक दृष्टिकोणबाट मापदण्ड नपुगेका यस्ता क्वारेन्टाइन सुधार गर्न जरुरी छ । कति क्वारेन्टाइन सुबिधाजनक पनि रहेको छ । तर यस्ता क्वारेन्टाइन ओझेलमा परेका छन् ।
बिदेशबाट आउनेलाई पार्टी प्यालेसमा राखेर सरकारले द्वैध चरित्र देखाएको छ । भारतबाट आउने र बिदेशबाट आउनेलाई किन सरकारले फरक व्यवहार गरिरहेको छ ? करोडौंको गलैंचा फेर्ने, जिम खाना बनाउनु भन्दा पहिले सरकारले यता ध्यान दिने कि ? यस्तो महामारीको समयमा जनतालाई नहेर्ने भए सरकारको साख अझ गिर्ने सम्भावना देखिन्छ ।
(लेखक पुष्प आर.जे आलोचना राष्ट्रिय साप्ताहिक पत्रिकामा कार्यरत हुनुहुन्छ)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४