Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिन्दुराष्ट्रको पक्षमा बोल्न भारतले नेपाली नेताहरुलाई पैसा दिएको अमेरिकाको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ४ २०८०
  • 2K
    SHARES

एजेन्सी । अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतीय नेताहरुले पैसा दिने गरेको आरोप लगाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै हिन्दु राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको उल्लेख गरिएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको भनिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट अन्तर्गत नेपालको सन्दर्भमा छुट्टै १३ पृष्ठको प्रतिवेदन प्रकाशन गरेको छ । यो रिपोर्ट बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना संकलन गरेको अमेरिकी विदेश मन्त्रालयले दावी गरेको छ ।

प्रतिवेदनमा नेपाल धर्म निरपेक्ष राज्य भनिए पनि वास्तविकता त्यस्तो नरहेको आरोप पनि लगाइएको छ । नेपालको संविधानले नै धर्म परिवर्तनलाई निषेध गरेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भारतको सत्तारुढ भारतीय जनता पार्टी सम्बद्ध समूहहरुले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राज्यको वकालत गर्न पैसा दिने गरेको दावी गरिएको छ । अमेरिकाालगायत पश्चिमा देशहरुले नेपालमा ईसाइकरणका लागि गरिरहेको लगानीप्रति भने अमेरिकी प्रतिवेदन मौन छ ।

यता, भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनप्रति आपत्ति जनाउँदै प्रतिवेदनलाई भ्रामक भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४