Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

च्याट जीपीटीका संस्थापकले अमेरिकी संसदमा भने : यो मेसिन हो मानिस होइन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । पछिल्लो समयको सर्वाधिक लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटको रुपमा रहेको च्याट जीपीटीका सहसंस्थापक तथा सीईओ साम अल्टम्यानले अमेरिकी माथिल्लो सदनमा बयान दिएका छन् ।

च्याट जीपीटीमा प्रयोगकर्ताको गोपनीयताको विषयलाई लिएर उनले सिनेटको एक उपसमितिमा उपस्थित भई बयान दिएका हुन्। ओपन एआई कम्पनीका सीईओ सामले उपसमितिमा सांसदले उठाएका विभिन्न कडा प्रश्नहरुको सामना गरेका छन् ।

प्रविधि समुदायका विज्ञ तथा विश्वका सांसदहरुले समेत आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रको गहन विश्लेषण तथा जाँच गरिरहेका छन्।

सिनेटको उपसमितिमा बोल्दै सीईओ साम अल्टम्यानले आफ्नो प्रविधिले विश्वमा विकास तथा प्रगतिको समर्थन गर्ने जलवायु परिवर्तन र क्यान्सरको उपचार जस्ता मानवका सबैभन्दा ठूला चुनौतिहरुको समाधान खोज्नमा पनि सहयोग गर्नसक्ने दाबी गरे।

उनले विद्यमान प्रणाली अहिलेसम्म पनि पूर्णरुपमा सक्षम नभएको तर विश्वभरका धेरै मानिसहरु आफ्नो सिस्टमबाट मूल्य प्राप्त गर्नका लागि निकै सन्तुष्ट रहेको पनि दाबी गरेका छन् ।

च्याट जीपीटीको नविनतम मोडेल निकै कडाईका साथ परीक्षण गरिएको भन्दै उनले तिव्र रुपमा शक्तिशाली मोडेलको जोखिम कम गर्नका लागि सरकारहरुद्धारा नियामक हस्तक्षेप गर्नु महत्वपूर्ण हुने बताए ।

उनले भनेका छन्, ‘यो कुरा महत्वपूर्ण हुन्छ कि चाहे सरकारले जे सुकै गरोस्, कम्पनीहरुको पनि आफ्नो जिम्मेवारी हुन्छ। लोकतान्त्रिक सिद्धान्तहरुलाई ध्यानमा राखेर आर्टिफिसियल इन्टेलिजेन्स विकसित गरिएको हो।’

एआईको विकासका बारेमा उनको सबैभन्दा ठूलो दुःस्वप्न के होला भनेर सोधिएको प्रश्नमा अल्टम्यानले भने, ‘यसले रोजगारीमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास मलाई छ । तर त्यो प्रभाव के हुन्छ भन्ने चाहीँ अनुमान लगाउनै कठिन छ।’

च्याट जीपीटी ४ एक उपकरण हो, मानिस होइन

सवालजवाफको सिलसिलामा अल्टम्यानले एउटा महत्वपूर्ण भनाई पनि राखेका छन् । उनले भनेका छन् कि च्याट जीपीटी ४ एउटा उपकरण हो । त्यसैले यसलाई मानिसको रुपमा लिन सकिँदैन ।

उनले भनेका छन्, ‘च्याट जीपीटी ४ लाई एक उपकरणको रुपमा सोँच्नुपर्छ, प्राणीको रुपमा होइन । यो एउटा यस्तो उपकरण हो जसको प्रयोग कसरी गर्ने भन्ने कुरामा मानिसहरुको अधिक नियन्त्रण हुन्छ । यसलाई जागिरहरुका लागि नभै कार्यहरुका लागि बनाइएको एक उपकरण हो ।’

अल्टम्यानका अनुसार जब जब प्रविधिहरुको विकास हुँदै जान्छ तब हाम्रो जिवनको गुणवत्तामा पनि वृद्धि हुन्छ । भविष्यमा मानिसका रोजगारीहरु पनि निकै शानदार हुने कुरामा आफु आशावादी रहेको उनी बताउँछन् ।

सोसल मिडिया कम्पनीको तुलनामा आर्टिफिसियल इन्टेलिजेन्सप्रतिको दृष्टिकोणमा अन्तर रहेको भन्दै उनले एआई प्रविधिको प्रयोग गर्नका लागि एक दायित्व ढाँचा हुनु महत्वपूर्ण रहेको बताए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४