Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताले औँला नउठाउने गरी काम गर्छौँ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २७ २०८०
  • 2.5K
    SHARES

©मदनमणि तिमिल्सिना
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुरानो राज्य संरचनाबाट गरिने कामकारबाही अब काम नलाग्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा गण्डकी प्रदेश सदस्यमा गठबन्धनकातर्फबाट निर्वाचित मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो धारणा राख्नुभएको हो ।

“नेपाली जनताले हाम्रा प्रत्येक गतिविधिमा निगरानी गरिरहेका छन्, अब पनि गल्ती ग¥यौँ भने जनताले हामीलाई छाड्ने छैनन्, तीन तहको सरकारले अब नयाँ किसिमबाट आफ्ना कामकारबाहीलाई अगाडि बढाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

“सीमित स्रोत र साधनलाई उपयोग पारदर्शीरुपमा जनताको हित र चाहनाअनुसार नै सरकार अगाडि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो, “आम नेपाली जनताले सरकारको अनुभूति गर्न सकुन् ।” जनताको शिर उठ्नेगरी काम गर्न जरुरी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले अब पनि ठूला दलले नयाँ ढङ्गबाट अगाडि बढेनन् भने आगामी निर्वाचनमा जनताले तर्क गर्नुभयो ।

गण्डकी प्रदेश सरकारले एक दुई दिनमै पूर्णता पाउने बताउँदै उहाँले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने र एक दुई दिनभित्र मन्त्री नियुक्त गरिने बताउनुभयो । गण्डकी प्रदेशले कृषि, उद्योग, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा सिँचाइलाई प्राथमिकतामा राखेको र निर्वाचनमा गाउँमा जाँदा गरिएका प्रतिबद्धतालाई समेत पूरा गर्ने भनाइ उहाँको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता तथा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकारले परिणाम देखिने गरी काम गर्न जरुरी भएको बताउनुभयो । उहाँले अब पनि पुरानै शैलीबाट अगाडि बढ्याँै भने आगामी निर्वाचनमा ठूला दल बडारिने तर्क गर्नुभयो । प्रि–बजेटसम्बन्धी छलफल गर्न पनि समय धेरै नभएकाले मन्त्रिमण्डल छिटै गठन गर्नुपर्ने नेता चुमानको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४