काठमाडौं । नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे छलफल भएको छ ।
बुधबार खाँण पक्राउ परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए । छलफलका क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
तर बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बुधबारको बैठक सकिएको हो । बुधबारको बैठकमा महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ । यद्यपि बिहीबार यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको जानकारी दिएको छ ।