Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टर्कीद्वारा पहिलो अन्तरिक्ष यात्राको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 1.4K
    SHARES

टर्कीले अन्तरिक्ष जाने आफ्नो पहिलो यात्रीको नाम घोषणा गरेको छ । टर्की वायुसेनाका पाइलट अल्पेर गेजरावसी देशका पहिलो अन्तरिक्ष यात्री हुनेछन् । यस्तै, टर्कीको मिसाइल निर्माण संस्था रोकेटसनमा सिस्टम इन्जिनियर तुवा चिहांगिर अतासेवरलाई ‘रिजर्भ उम्मेदवार’ को रूपमा छानिएको छ ।

शनिवार राजधानी इस्तानबुलमा आयोजित एक टेकफेस्टमा राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले यी दुईको नाम घोषणा गरेका हुन् । टर्कीले सन् २०१८ मा टर्कीश स्पेस एजेन्सीको स्थापना गरेको थियो र सन् २०१९ मा देशको अन्तरिक्ष कार्यक्रमको घोषणा गरेका थियो । साथै आफूहरूले अन्तरिक्षमा मानिस पठाउने पनि बताएका थिए ।

टर्कीको सरकारी समाचार च्यानल टिआरटी वर्ल्डका अनुसार यस वर्षको अन्त्यमा उनीहरूको मानव मिसन इन्टरनेशनल स्पेस स्टेसनका लागि अन्तरिक्षका लागि प्रस्थान गर्नेछ जहाँ यो मिसन १४ दिनको रहनेछ । 

राष्ट्रपति अर्दोआनले टेकफेस्टमा भने, ‘टर्कीका युवालाई शीर्ष लिगमा लिएर जानेछौँ र उनीहरू पूर्ण स्वतन्त्रताका साथ सपनालाई साकार पार्नेछौँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४