Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मौसम सुधार हुन केही दिन लाग्ने, पहाडमा वर्षा र तराईमा हावाहुरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । केही दिनदेखि मौसम बदली भई ठाउँठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण पानी परेको मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ ।

आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ ।

सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई-मधेशका एक-दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मौसम बदली हुनेछ । मंगलबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम बदलीसँगै चट्याङ र हावाहुरीको सम्भावना भएकोले यसबाट जोगिन महाशाखाले सतर्क हुन सचेतसमेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४