Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलवायु परिवर्तनको असरले पृथ्वीको तापमान बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १६ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । नेपामा जलवायु परिवर्तनको असर देखिन थालेपछि प्रकृति संरक्षण अभियन्ताहरुले प्रकृति संरक्षणमा जोड दिएका छन् । उनीहरुले पृथ्वीको तापक्रम बढ्दै गएकाले यसलाई ओसिलो र चिसो बनाउन बृक्षारोपण आवश्यक भएको भन्दै जलवायु न्यूनिकरणमा साझा प्रतिबद्धता खोजेका छन् ।

पछिल्लो समय पृथ्वीको तापमान बढ्दै जाँदा बिज्ञहरुले चिन्ता व्यक्त गर्न थालेकाछन् । जलवायु परिवर्तनको असर मानव समाजमा पर्न थालेपछि उनीहरुले व्यक्ति समुदायबाटै यसको न्यूनिकरणको लागि प्रयास थाल्नु पर्नेमा जोड दिएका हुन् ।

सामुदायिक बन, महिला, जनजाति,आदीवासी र स्थानीय समुदायबाटै यसको न्यूनिकरण गर्न लाग्नु पर्ने उनीहरुको भनाई छ । त्यसो त पछिल्लो समय जवायु परिर्वतनको असर न्यूनिकरणको लागि वातावरण मैत्री पर्यटनमा समेत जोड दिईएको छ । यसको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा देखिन थालेको भन्दै स्वदेशी र विदेशी पर्यटक र सामुदायिक बनसमुहले समेत बृक्षारोपण गर्न थालेका छन् ।

त्यसो त ग्लोबली कन्र्सन सेन्टर फर क्लाईमेट चेन्ज, सगरमाथा महिला समुह सोलुखुम्बु, श्रीकोङ्दे मध्यवर्ती क्षेत्र सामुदायीक वन उपभोक्ता समुह सलुखुुम्बुले संयुक्तरुपमा वृक्षारोपण अभियान थालेका छन् । हिउँ रहे पानी, पानी रहे जीवन भन्ने नारासहित विदेशी पर्यटकसमेत बृक्षारोपणमा लागेको प्रकृति संरक्षण अभियान्ता पिके शेर्पाले बताउनुभयो ।

अहिले हिमाल आरोहण र ट्रेकीङका लागि नेपाल घुम्न आएका पर्यटकहरु पनि यो अभियानमा सहभागि हुन थालेका छन् । पृथ्वीको तापमान घटाउन रुखबिरुवा आवश्यक भएकाले यो कुनै देशको नभई साझा अभियान भएको भारतीय पर्यटक तथा सात महादेशका सबै अग्ला हिमाल आरोहण गरीसकेकी पहिलो महिला प्रेमलत्ता अग्रवालको भनाई छ । यसमा सामुदायिक बन र स्थानीय महिलासमेत बृक्षारोपण अभियानमा छन् ।

हुन त, पछिल्लो समय प्रकृतिमाथि मानविय दोहन अर्थात थिचोमिचो बढ्दै जाँदा पृथ्वीमा त्यसको प्रतिकुल असर देखिन थालेको हो । प्रकृतिबाट लिने तर, दिन नजान्ने मानवीय प्रवृतिले पृथ्वी संकट तिर धकेलीदै छ ।

त्यसैले प्रकृतिमैत्री पर्यटनको माध्यम, स्थानीयसमुदायको बृक्षारोपण अभियानबाट समेत जलवायु परिवर्तन न्यूनिकरण गर्न सकीन्छ । त्यसकोलागि सबैले हातेमालो गरेर अगाडी बढ्न अब ढिला गर्नु हुन्न् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४