Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिटरब्याज पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो : उपपप्रधानमन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १३ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् ।

४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा हानेको थियो । आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए ।

‘फिल्ड कमाण्डरको विश्लेषण गलत थियो । माइकिङ गरेर शान्तिपूर्ण रुपमा आउनु भन्दिनुपर्थ्यो । तर त्यहीँ कन्टेन गर्ने भन्ने निर्णय गरेछन् । बाहिरबाट मिसिने ग्रुपलाई पनि रोक्ने काम भएछ, त्यहाँ गल्ती भयो’ उनले भने, ‘(शान्तिवाटिकामा) ढोका बन्द गरेपछि पीडितले आदोलन गर्नुभयो, त्यही कारण झडप भयो ।’

उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएपछि पनि बल प्रयोग भएको पाइएको भन्दै त्यहाँ पनि गल्ती भएको बताए । ‘जति कमजोरी भयो, गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने व्यक्तिको नाताले पीडितहरुमाथि पुलिसको लाठी लाग्यो, त्यसका निम्ति म क्षमा याचना गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४