काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट निर्वाचित रबि लामिछानेलाई बिर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।
आज सम्पन्न मतगणनाअनुसार रवि लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका छन् ।

उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९ सय ६२ मत बढी ल्याएर बिजयी भएका छन् । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठको मत ११ हजार २ सय १४ रहेको छ ।
त्यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका नेता रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । चितवनमा जम्मा ७८ हजार ४ सय ६६ मत खसेको थियो ।
चितवन २ मा ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उठाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति रबि लामिछाने नै उठेका थिए ।

उक्त निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ ।
त्यतिबेला रबि लामिछानेले ४९ हजार २६४ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए । नेकपा एमालेका पोखरेलले १४ हजार ६६७ मत पाएका थिए ।
उक्त निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार २८१ भोट बढी पाएका रबि लामिछानेले पाएर देशमै फराकिलो मतान्तरले विजय भएका थिए ।
अहिले भने रविले ४ मंसिरमा बनाएको आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका छन् ।