काठमाडौँ । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रको बेला अतिक्रमण भएको भूमि गणतन्त्र बेला फिर्ता ल्याइने बताएका छन् ।
शनिबार निशान छाप संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै दाहालले भने, ‘नयाँ नक्सा भौगोलिक अखण्डताको विषय हो । राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्याउन लागेको छ। निर्णयमा सर्वसहमित हुने विश्वास गर्दछु। राष्टिय एकताको पक्षमा उभिएको मा धन्यवाद दिन चाहन्छु ।’
भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि अतिक्रमित भूमि फिर्ता ल्याउन झकझक्याएको बताए । भारतले नोभेम्बर २ मा भारतले विवादित मानिएको नेपालको भूमि समेटेर सार्वजनिक गरेपछि नेपाल अघि बढ्न बाध्य भएको बताए ।