काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अर्थविद डा. स्वणिर्म वाग्लेले अग्रता लिएका छन् ।
भानु नगरपालिकाका ४ वटा वडा र आँबुखैरेनीको एउटा वडाको मतगणना सकिंदा सबै वडामा डा. स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि रहेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन् ।
आँबु-१ को १४५८ मतमध्ये स्वर्णिम वाग्लेको पक्षमा मात्र १०६५ मत परेको छ ।
कुल खसेको ६३ हजार ७५७ मतमध्ये हालसम्म सम्पन्न भएको मतको वडागत विवरण यस्तो छ-
आँबु-१ (१४५८)
डा. स्वणिर्म वाग्ले- १०६५
गोविन्द भट्टराई- २७६
सर्वेन्द्र खनाल- ५४
भानु-३ (१५७४)
डा. स्वर्णिम वाग्ले-७१६
गोविन्द भट्टराई-४१८
सर्वेन्द्र खनाल- ३५१
भानु-७ (१२८१)
डा. स्वर्णिम वाग्ले-६५५
गोविन्द भट्टराई-३१२
सर्वेन्द्र खनाल-२७०
भानु-८ (१७९४)
डा. स्वर्णिम वाग्ले- ८५६
गोविन्द भट्टराई- ४५८
सर्वेन्द्र खनाल- ४३७
भानु-१० (१७५८)
डा. स्वर्णिम वाग्ले- ८४६
गोविन्द भट्टराई- ५५१
सर्वेन्द्र खनाल- ३२९