काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएको छ ।
रवि लामिछानेले आचारसंहिता विपरीत कार्यहरु गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नम्बर २ मा उजुरी दिनुभएको छ ।
पोखरेलले लामिछाने र प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग गर्नुभएको छ ।
मतदानको समयमा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट रविले मत मागेको अडियो र भिडियो सार्वजनिक भएको तथा आचारसंहिता विपरीत विभिन्न मतदान स्थलमा हुल गरि मतदातालाई प्रभावित पारेको भन्दै उजुरी गरेको छ ।