Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लकडाउन पालनामा स्काउट लिडरहरु खटिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १७ २०७७
  • 3.5K
    SHARES

भक्तपुर । लकडाउन पालना गरखउदहख लागि नेपाल स्काउट भक्तपुरका स्काउटका लिडरहरु खटिएका छन् । भक्तपुर, सूर्यविनायक, मध्यपुर थिमिका तीन वटै नगरपालिकाका ठाउँंठाउँंमा उनीहरु परिचालित भएको नेपाल स्काउट भक्तपुर जिल्लाका जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले जनाए । उनका अनुसार उनीहरु विहान र बेलुकी दुई समयमा खटिन्छन् । सम्वन्धित नगरपालिकाहरुसँंग समन्वय गरी स्काउट लिडरहरु लकडाउन परिपालना गराउन खटिने गरेका जिल्ला आयुक्त कर्माचार्यले जनाए । उनका अनुसार भक्तपुर नगरपालिकामा करिव ५० जना, सूर्यविनायक नगरपालिकामा करिव ४० जना र मध्यपुर थिमि नगरपालिकामा करिव २० जना स्थानीय स्काउट लिडरहरु परिचालित छन् । यसका साथै उनीहरु विभिन्न अन्य स्वयमसेवामा पनि परिचालित छन् । पछिल्लो समय उनीहरु भक्तपुरको जगातीमा खाना खुवाउने, लाइन मिलाउने, आआफनो गाउँठाउँंमा बसमा चढाई पठाउनलगायतका स्वयमसेवामा पनि उनीहरु सक्रियतापूर्वक खटिएका थिए ।
भक्तपुर नगरपालिकामा नगरपालिकाभरि, सूर्यविनायक नगरपालिकामा नगरपालिकाको केन्द्रको रुपमा रहेको सूर्यविनायक र पाण्डुबजार, मध्यपुर थिमि नगरपालिकामा थिमि बजार, गठाघरलगायतका मुख्यमुख्य चोक बजारहरुमा खटिएर उनीहरुले सेवा दिइरहेका छन् । विशेष गरेर विना काम सडकमा निस्केका नगरबासीहरुलाई सम्झाईबुझाई गरी विना काम बाहिर ननिस्कन उनीहरुले अनुरोध गर्ने गरेका छन् ।
भक्तपुरमा चार वटा नगरपालिकाहरु छन् । भक्तपुर, सूर्यविनायक, मध्यपुर थिमि र चाँंगुनारायण गरी यहाँं चार वटा नगरपालिकाहरु छन् । ती नगरपालिकाहरुका मुख्यमुख्य बजार, चोकहरुमा नगरपालिकाहरुले पनि स्वयमसेवकहरु परिचालन गरी लडकडाउनलाई पूर्ण रुपमा परिपालना गर्न आह्वान गरिरहेका छन् । माइकिंगसहित तिनीहरुले लकडाउन परिपालना गरी आफू पनि बचौ, अरुलाई पनि बचौं, कोरोना भाइरसको संक्रमणबा बचौ भनेर अनुरोध गरिआएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४