Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफैंलाई भोट हाल्न नपाउने यी उम्‍मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 1.9K
    SHARES

काठमाडौं । तीन वटा जिल्लाका तीन क्षेत्रमा भईरहेको उपनिर्वाचनका मूख्य प्रतिष्पर्धी उम्मेदवारहरु मध्ये अधिकांश आफैंलाई मत दिन नपाउने अवस्थामा रहेका छन् ।

सम्बन्धित निर्वाचत क्षेत्रको मतदाता नामावलीमा नाम नरहेका कारण जनता समाजबादी पार्टी जसपा, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवाहरु आफैंलाई मत दिनबाट बञ्चित भएका हुन ।

चितवनको क्षेत्र नम्बर २ मा मूख्य प्रतिष्पर्धी ठानिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले आफूलाई मत हाल्न पाउने छैनन् । उहाँहरु दुवै जनाको मतदाता नामावली अन्यत्रै रहेकाले मत हाल्न नपाउने भएका हुन ।

सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले आइतबार बिहान सुरूमै मतदान गर्नुभएको छ । उहाँले कालिका नगरपालिकाको शक्तिखोरस्थित चतर्मुखी माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।

यस्तै, बाराको क्षेत्र नम्बर २ मा पनि मूख्य प्रतिष्पर्धी ठानिएका जनता समाजबादी पार्टी जसपा अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले आफूलाई मत हाल्न पाउनु हुने छैन । यादवको मतदाता नामावलीको नाम सुनसरीमा रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार रमेश खरेल र नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले पनि मत हाल्न पाउनु हुने छैन ।

सो क्षेत्रका अर्का मुख्य प्रतिष्पर्धी मध्येका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुसवाहले भने बिहान सुरूमै मत हाल्नु भएको छ । उहाँले गढीमाई नगरपालिकाको बरैयााटोलस्थित स्वास्थ्य चौकी मतदान केन्द्रबाट बिहान सातै बजे मत हाल्नु भएको छ ।

यसैगरी, तनहुँमा पनि मूख्य प्रतिष्पर्धी मध्येका दुई उम्मेदवारले आफूलाई मत हाल्न पाउने छैनन् । नेकपा एमाले उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार डा. स्वर्णीम वाग्लेको मतदाता नामावलीको नाम अन्यत्रै रहेकाले उनीहरुले आफूलाई मत हाल्न नपाउने भएका हुन । नेपाली कांग्रेसका गोविन्द्र भट्टराइले भने आफूलाई मतदान गर्न पाउनु हुनेछ । उहाँले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४